मनहरी–असार २४ गते । मनहरी गाउँपालीकाले आर्थिक वर्ष २०७९÷०८० का लागि सामाजिक विकास अन्तर्गत शिक्षा क्षेत्रमा ४ करोँड १८ लाख ४७ हजार वजेट विनियोजन गरेको छ ।

गाउँ सभाको ११औँ अधिवेशन अन्तर्गत बिहिबार दोस्रो वैठकमा वजेट प्रस्तुत गर्दै उपाध्यक्ष सिता पुलामी मगरले शिक्षा क्षेत्रमा उक्त वजेट विनियोजन गरीएको बताउनुभयो ।

सामुदायिक विद्यालयको भौतिक संरचना, शैक्षिक गुणस्तर वृद्धि तथा पुर्वाधार निर्माण, सुचना तथा प्रविधिको विस्तार लगायतको कार्यका लागि उक्त वजेट विनियोजन गरीएको मगरले बताउनुभयो ।

गाउँपालिकाले कुल ९१ करोड ८ लाख २६ हजारको बजेट विनियोजन गरेको छ । नीति तथा कार्यक्रममै शिक्षा क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम पेश गरिएकोमा सोही अनुरुप शिक्षा क्षेत्रमा उक्त बजेट विनियोज गरिएको हो ।

मनहरी गाउँपालिकामा ३२ वटा सामुदायिक विद्यालय रहेका छन् । गाउँपालिका अन्तर्गतका विद्यालयहरुमा भौतिक पुर्वाधार तथा संरचना निर्माण, विद्यालयमा सुचना तथा प्रविधिको विस्तारका लागि बजेटि विनियोजन गरिएको हो ।

विद्यालयको शैक्षिक सुधारका लागि पनि गाउँपालिकाले नियमित अनुगमन गर्ने गरी पहिलो प्रअ बैठकमा नै निर्णय गरिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here