मनहरी–असार २२ गते । मनहरी गाउँपालिकामा नयाँ निर्वाचित जनप्रतिनिधि आएपछि नवगठित गाउँ शिक्षा समितिको पहिलो बैठक बसेको छ ।

गाउँ शिक्षा समितिका अध्यक्ष एबम् गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीको अध्यक्षतामा बसेको बैठकले विद्यालयको शैक्षिक अबस्था सुधारका बारेमा गहन छलफल गरेको छ ।

छलफलसँगै केही सामुदायिक र निजी विद्यालयहरुले कक्षा बृद्धिका लागि माग गरेकामा ती विद्यालयहरुको भौतिक अनुगमन गर्ने र त्यसपछि मात्रै कक्षा बृद्धि गर्ने निर्णय भएको शिक्षा शाखा प्रमुख हरिचन्द्र सापकोटाले बताउनुभयो ।

त्यसैगरी यसअघि निर्माण भएको स्थानीय पाठ्यक्रमका बारेमा पनि बैठकमा छलफल भएको छ । स्थानीय पाठ्यक्रम निर्माणका लागि यसअघि गरिएका सबैखाले प्रयास र प्राप्त अन्तरबस्तुहरुलाई छिट्टै कितावको रुपमा प्रकाशन गर्ने गरी प्रक्रिया अघि बढाउने निर्णय भएको शिक्षा प्रमुख सापकोटाले जानकारी दिनुभयो ।

असार ९ गते बसेको कार्यपालिका बैठकले गाउँ शिक्षा ऐन २०७५ बमोजिम सविता सुवेदी, कुमार सिं मुक्तान, मिनबहादुर लामा, मातृका ढुंगाना, माधव गौतम र ध्रुव सुनारलाई गाउँ शिक्षा समितिको सदस्यहरुमा चयन गर्ने निर्णय गरेको थियो ।

गाउँ शिक्षा समितिको अध्यक्षमा गाउँपालिका अध्यक्ष रन्जन कालाखेती, उपाध्यक्षमा सीता पुलामी मगर र सदस्य सचिवमा प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठ तथा पदेन सदस्यमा सामाजिक विकास समितिका संयोजक अनन्त अर्याल रहनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here