राक्सिराङ–असार १७ गते । राक्सिराङ गाउँपालिका वडा नं ९ खैराङस्थित कालिका माध्यमिक विद्यालयमा आर्थिक अपारदर्शिताबारे समाचारहरु सार्बजनिक भएपछि सत्य तथ्य छानबीन गर्न गाउँपालिकाले समिति गठन गरेको छ ।

समितिको संयोजकमा लेखा अधिकृत राजेन्द्र भट्टराई रहनु भएको छ । त्यसैगरी सदस्यहरुमा ९ नं वडा सचिव भावना कँडेल र शिक्षा शाखाबाट पासाङ लामालाई सदस्य बनाइएको प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गड्तौलाले बताउनुभयो । छानबीन समितिले १५ दिनभित्र प्रतिवेदन पेस गर्नुपर्नेछ ।

केहीदिन यता विद्यालयमा आर्थिक अपारदर्शिता रहेको, पूर्व प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लगायतको नाममा पेश्की देखिए पनि फछ्र्याैट नभएको भन्दै समाचारहरु सार्बजनिक भएका थिए । विद्यालयको बेथितिबारे सार्बजनिक गर्दै शिक्षक अभिभावक संघका अध्यक्ष आयुश खड्काले राजीनामा समेत दिएपछि गाउँपालिकाले घटनाबारे चासो देखाएको हो ।

केहीदिन अघि विद्यालयमा बसेको सर्बपक्षीय सरोकारवालाको बैठकले भने खड्काले आफ्नो जग्गा विद्यालयले नकिनिदएको झोँकमा अफवाह फैलाएको निष्कर्ष निकाल्दै समाचारको खण्डनको गरेको थियो ।

तर, खड्काले भने आफू समितिको अध्यक्ष रहिरहँदा विद्यालयमा पेस भएको खर्च भरपाईको सपोर्ट डकुमेन्टमा वडाध्यक्ष विद्यालय आउँदा मदिरा, चुरोट लगायतका बस्तु खरिद गरेको कागज भेटिएकाले सार्बजनिक गरेको बताउनु भएको छ । त्यसैगरी वडाध्यक्ष रामकुमार बाल्पा थिङले पनि आफूलाई थाहै नभएको बिषयमा चरित्र हत्या गरिएको भन्दै आपत्ति जनाउनु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here