मनहरी–जेठ १० गते । मनहरी गाउँपालिकाले आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

सार्वजनिक नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम सार्वजकि गरेको छ ।

कृषि उत्पादनमा वृद्धि गर्न भन्दै नीति तथा कार्यक्रमको १३ औँ बुदामा खेती योग्य जग्गा बाँझो राख्न नपाउनेगरी खाली खाली जग्गाहरुमा सामूहिक कृषिको वा उपयुक्त नीति अवलम्बन गरी व्यक्तिगत र सार्वजनिक बाँझो जमिनमा खेति गरी उत्पादन बढाउने नीति लिएको छ ।

त्यस्तै कृषकले आफ्नो उत्पादनको सही मूल्य प्राप्त गर्न नसक्दा बढ्दो निराशा अन्त्य गर्न मूल्य पाएको बखत मात्र आफ्नो उत्पादन बिक्री गर्न सक्षम बनाउन र बीउ बिजन भण्डारणको लागि यसै वर्ष गाउँपालिकाको लगानीमा गाउँपालिकाको वडा नम्बर ३ मा कोल्ड स्टोर निर्माण कार्य शुरुवात गरिने उल्लेख गरिएको छ ।

त्यस्तै वेरोजगार समस्यालाई न्यूनीकरण तथा आयआर्जनमा सुधारका लागि स्थानीय सीपलाई आधुनिकीकरण र व्यवसायिकरण गर्न स्थानीय सीपमा आधारित र श्रम मुलक घरेलु तथा साना उद्योगहरुको व्यवस्थापन, क्षमता विकास, र प्रवद्र्धन गर्ने कार्यहरुलाई अघि बढाइने जनाएको छ ।

त्यस्तै सबै सामुदायिक विद्यालयमा अध्ययन गर्ने विपन्न परिवारका विद्यार्थीहरुलाई शिःशुल्क शिक्षा प्रदान गरिने उल्लेख गरिएको छ ।

सार्वजनिक नीति तथा कार्यक्रममा करिब १ अर्वको हाराहारीमा बजेट तर्जुमाको विषयमा छलफल भइरहेको मनहरी गाउँपालिकाका प्रमुख प्रशासकिय अकिृत मोहन कुमार श्रेष्ठले बताउनुभयो । यहि असार २३ गते बार्षिक वजेट गाउँसभाको दोस्रो बैठकमा पेश गरि पास गरिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here