मनहरी– असार ४ गते । मनहरी गाउँपालिकाले गाउँपालिका अन्तर्गतका ३२ वटै सामुदायिक विद्यालयका प्रअ र विद्यायल व्यवस्थापन समितिका अध्यक्षहरुसंग अन्तरक्रिया गरेको छ ।

शनिबार मनहरी गाउँपालिकाका नव निर्वाचित अध्यक्ष रञ्जन कालाखेतीले शिक्षामा सुधारका लागि सबै सामुदायिक विद्यालयका प्रअ र विव्यसका अध्यहरुसंग अन्तरक्रिया गर्नुभएको हो ।

अन्तरक्रियाको क्रममा गाउँपालिका अध्यक्ष कालाखेतीले प्रअ र विव्यस अध्यक्षहरुबाट आएको गुनासोलाई कुनै पनि हालतमा समाधान गर्ने बताउनुभएको छ ।

प्रअहरुको मागलाई सम्बोधन गर्दै अध्यक्ष कालाखेतीले विद्यालयको जुनसुकै समस्या समाधान गर्न पछि नहट्ने तर त्यसको वदलामा विद्यालयले जिल्लामै उत्कृष्ट नतिजा निकाल्न निर्देशन दिनुभएको छ ।

मनहरी गाउँपालिका शिक्षामा पछि परेको कारण चुनावी अभियानमा समेत शिक्षालाई सबल बनाउने भनेर जनतालाई वाचा गरेको सम्झदैँ सो बाचा पुरा गर्न कुनै पनि कसर बाँकी नराख्ने उहाँले बताउनुभयो ।

विद्यालयको रिजल्टमा कुन विषयमा कति विद्यार्थी अनुतिर्ण भए? किन भए? यसको विषयमा विषयगत शिक्षकसंग स्पष्टीकरण सोधिने पनि उहाँले बताउनुभयो ।

विगतको सरकारले जे गरेपनि अहिलेको स्थानीय सरकारले विद्यालयको शिक्षामा गुणस्तरियता वृद्धि गर्न लागि पर्ने बताउनुभयो ।

९ वटै वडाका वडा अध्यक्षहरुसमेत उपस्थित रहेको कार्यक्रममा आफ्नो वडाका विद्यालयमा परेको समस्याप्रति गम्भिर भएर रिपोर्टिङ गर्न र समस्याको समाधानमा लाग्न आग्रह समेत गर्नुभएको छ ।

गाउँपालिका शिक्षा शाखालाई पनि विद्यालयको भौतिक पुर्वाधार र शैक्षिक पुर्वाधार दुवैको विषयमा सधैँ रिपोर्टिङ गरि गुणस्तरिय शिक्षामा ध्यान दिन गाउँपालिका अध्यक्ष कालाखेतीले निर्देशन दिनुभएको छ ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष कालाखेती, उपाध्यक्ष सिता पुलामी मगर (रेखा) शिक्षा शाखाका प्रमुख हरिचन्द्र सापकोटा, स्रोत व्यक्ति पुर्णभद्र भुसाल, ९ वटै वडाका वडा अध्यक्षहरु, ३२ वटै विद्यालयका प्रअ, विव्यस अध्यक्ष र बालसञ्जालका पदाधिकारीहरुको उपस्थिती रहको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here