हेटौँडा–जेठ ३० गते । जिल्ला समन्वय समिति मकवानपुरको उप–प्रमुख पदमा मनहरी गाउँपालिकाका सानुकाजी लुइटेल निर्वाचित हुनु भएको छ ।

मनहरी गाउँपालिका वडा नम्बर ३ बाट वडा सदस्य पदमा निर्वाचित हुुनुभएका लुइटेल जिल्ला समन्वय समितिको उप–प्रमुख बन्नुभएको
हो ।

लुइटेल दोस्रो स्थानीय तह निर्वाचन २०७९ मा नेपाली काङ्ग्रेसबाट उम्मेदवार भई वडा सदस्यमा निर्वाचित हुनुभएको हो ।

जिल्लाभर रहेका स्थानीयपालिकाका निर्वाचित जनप्रतिनिधिहरुमध्यबाट परेको उम्मेदवारीको आधारमा जिसस प्रमुख र उपप्रमुख निर्वाचित हुने प्रावधान रहेको छ ।

सोही प्रावधान अनुसार जिसस उप–प्रमुख पदमा नेपाली काङ्ग्रेसले लुइटेललाई सिफारिस गरी उम्मेदवारी दर्ता गराएको थियो ।

उक्त पदमा एकल उम्मेदवारी भएसंगै मनहरी गाउँपालिका वडा नम्बर ३ का वडा सदस्य सानुकाजी लुइटेल जिसस उप–प्रमुख पदमा निर्विरोध निर्वाचित हुनुभएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here