मनहरी–जेठ २८ गते । मनहरी बजार क्षेत्रमा खानेपानी बितरण रोकिएको छ । मनहरी गाउँपालिका ७ स्थित मनहरी बजार क्षेत्रमा ढल सफाई गर्ने क्रममा इनारबाट ट्यांकीसम्म पुग्ने र ट्याङ्कीबाट उपभोक्तासम्म पुग्ने दुबै तर्फका पाइपहरु फुटेकाले पानी बितरण प्रक्रिया अबरुद्ध भएको हो ।

इलाका प्रहरी कार्यालय नजिकै ढल सफा गर्ने क्रममा जेसीबीको बकेटले पाइप फुटाएपछि समस्या आएको समितिका अध्यक्ष भुवनकुमार जोशीले बताउनुभयो । पानीको पाइप फुटेपछि जेठ २८ गते बिहानदेखि नै पानी बितरण गर्न नसकिएको र जेठ २९ गते बेलुकासम्ममा बनाउने लक्ष्यका साथ काम भइरहेको अध्यक्ष जोशीले बताउनुभयो ।

मनहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिले मनहरी बजारसहित लामाबस्ती, मनकामना टोलसम्म खानेपानी सेवा बिस्तार गरी ४७४ जना उपभोक्ता बनाएको छ । दुई दिनसम्म पानी नआउँदा मनहरीका उपभोक्ताहरु प्रभावित भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here