मनहरी–जेठ २८ गते । शनिबार मनहरीमा निःशुल्क विशेषज्ञ आयुर्वेद स्वास्थ्य सेवा तथा औषधी कार्यक्रम गरिएको छ । स्वास्थ्य शिबिरमा ६ सय ३२ जनाले सेवा लिएका छन् ।

१ सय ९३ पुरुष र ४ सय ३९ महिला सहित ६ सय ३२ जनाले सेवा लिएको मनहरी अस्पतालका सिनियर अहेब शिबराम बानियाँले बताउनुभयो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र किर्तिपुरको आयोजनामा मनहरी गाउँपालिकाको स्थानीय व्यवस्थापनमा कार्यक्रम गरिएको हो ।

शिबिरमा ६५ जनाले भिडियो एक्स–रे, १०५ जना शल्यक्रिया, दन्त सेवा २५ र फिजियो थेरापी ६० जनाले सेवा लिएका छन् ।

शिविरमा बागमती प्रदेश सरकारका भौतिक पुर्वाधार विकास राज्यमन्त्री सन्त बहादुर चेपाङ, मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेती, ७ नम्बर वडा अध्यक्ष ठाकुरराम तितुङ, ८ नम्बर वडा अध्यक्ष नारायण उप्रेती, ५ नम्बर वडा अध्यक्ष दिपेन्द्र अधिकारी, २ नम्बर वडा अध्यक्ष राजकुमार पाख्रिन, कैलाश गाउँपालिकाका निवर्तमा गाउँपालिका अध्यक्ष टंक मुक्तान, मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र मनहरीका सभापति नारायण सुवेदी, नेकपा एमाले मनहरी गाउँ कमिटीका अध्यक्ष नविन सुवेदी लगायतकाको उपस्थितिमा शिविरको उद्घाटन गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here