मनहरी– जेठ १८ गते । गणतन्त्र दिवस–२०७९ को अवसरमा मनहरी गाउँपालिका वडा नम्बर ४ को पशुपतिनाथ माविका विद्यालय व्यव्सथापन समितिका अध्यक्ष माधब गौतम विभुषित हुने भएको छ ।

नेपाल सरकारले हरेक वर्ष गणतन्त्र दिवसको अवसरमा प्रदान गर्ने सम्मान तथा पदक यसवर्ष गौतम शिक्षा क्षेत्रबाट प्रदेश दीप पदकबाट सम्मानित हुन लाग्नुभएको हो ।

हाल उहाँ उक्त विद्यालयमा दोस्रो कार्यकालका लागि विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुनुहुन्छ । उहाँ विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा नियुक्त हुनु भएसंगै विद्यालयको शैक्षिक प्रगतिमा वृद्धि भएको छ ।

उक्त विद्यालयमा नेपालकै लोपोन्मुख जाती वनकरियाहरु समेत अध्ययन गर्दै आइरहेका छन् । त्यस्तै उत्त पदबाट आधुनिक राष्ट्रिय माबिका वीरवंश बैठा र मानब अधिकार क्षेत्रका बद्री प्रसाद खतिवडा पनि सम्मानित हुनेछन् ।

त्यस्तै सुचना तथा सञ्चार क्षेत्रबाट प्रदेशदुतमा पत्रकारहरु कौशलराज पाण्डे, प्रताप विष्ट, कृष्ण सारु मगरले सम्मान प्राप्त गर्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here