कैलाश– जेठ १८ गते । कैलाश गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष आशिष प्रजाले उक्त लाई गाउँपालिकाकै नुमना वडा बनाउने बताउनु भएको छ ।

मनहरी लाइभसंग कुरागर्दै वडा अध्यक्ष प्रजाले गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउन युवाहरुलाई कृषिमा आकर्षण गर्ने योजना रहेको बताउनुभयो । युवाहरुलाई समेटेर कृषि फर्म दर्ता गरी कृषि उद्यमी बनाइने र युवाहरुलाई विदेश पलायन हुनबाट रोक्ने समेत बताउनुभयो ।

कैलाश गाउँपालिकामा आफु नै चेपाङ समुदायको पहिलो वडा जनप्रतिनिधि बनेको भन्दै चेपाङ समुदायको विकासको लागि पनि आफु अघि बढ्ने बताउनुभयो ।

उक्त वडामा बसोबास गर्ने वडावासीहरुको घरघरमा विजुली नपुगेको भन्दै असोज भित्रै विजुली पुग्ने गरी काम अघि बढाएर आफु पनि लागु परेको बताउनुभयो ।

त्यस्तै बाटोघाटो निर्माणमात्र विकासको काम नभएको भन्दै यस वडा भित्र शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार ल्याइने बताउनुभयो । विद्यालय तहमा अध्ययनरत विद्यार्थीलाई टिकाइराख्न छात्रवृतिको कार्यक्रमलाई समेत अघि बढाइने बताउनुभयो ।

हाल यस वडा भित्र बसोबास गर्ने ७५ प्रतिशत मानिसले स्वास्थ्य विमा गरेको भन्दै यसलाई शतप्रतिसत बनाइने पनि उल्लेख गर्नुभयो । विपन्न समुदायलाई भने निशुल्क स्वास्थ्य विमा गरिदिने पनि उहाँले बताउनुभयो ।

त्यस्तै वडावासीको सुविधालाई ध्यानमा राखी वडाले एम्बुलेन्स समेत व्यवस्था गर्ने उहाँले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here