मनहरी–जेठ १७ गते । नेपाली काङग्रेसका बागमती प्रदेश सभापति इन्द्र बानिँयाले स्थानीय तह निर्वाचन २०७९ मा गठबन्धन जरुरी भएको बताउनुभएको छ ।

केपी ओलीको दम्भलाई साइजमा ल्याउन र प्रतिगमन विरुद्ध उभिन नै गठबन्धनको उद्येश्ये रहेको भन्दै उहाँले सोही अनुसार दोस्रो स्थानीय तह निर्वाचन २०७९ मा गठबन्धन गरिएको बताउनुभयो ।

नेपाली काङ्ग्रेस मनहरी गाउँ कमिटीले आयोजना गरेको दोस्रो स्थानीय तह निर्वाचन २०७९ मा मनहरी गाउँपालिकामा नेपाली काङ्ग्रेसबाट विजयी भएका जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

कार्यक्रममा बोल्दै उहाँले स्थानीय तह निर्वाचनबाट नेपाली काङग्रेस पहिलो पार्टी बनेको भन्दै प्रत्येक स्थानीय तहमा विकासको मुल फुटाउने समेत बताउनुभयो ।

बागमती प्रदेश सभामा मुख्यमन्त्री परिवर्तनको हल्ला चलिरहेको सन्दर्भमा आफु मुख्यमन्त्री भए पनि र नभएपनि विकासको कामलाई सदैब सकारात्मक ढंगबाट अघि बढ्ने बताउनुभयो ।

मंगलबार मनहरी गाउँपालिका वडा नम्बर ९ को अग्नीहोत्र आश्रममा एक कार्यक्रम गरी नव निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान गरेको हो ।

मनहरी गाउँपालिकामा गठबन्धनबाट नेपाली काङ्ग्रेसबाट रञ्जन कालाखेती गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । त्यस्तै ९ वटा वडा रहेको मनहरीमा गाउँपालिका अध्यक्ष सहित ६ वडामा जीत हाँसिल गरेको छ ।

कार्यक्रममा नेपाली काङग्रेसका बागमती प्रदेश सभापति इन्द्र बहादुर बानिँयाको प्रमुख आतिथ्यता तथा मकवानपुर जिल्ला सभापति बुद्ध लामाको विशेष आतिथ्यता रहेको कार्यक्रममा नेपाली काङग्रेस मनहरी गाउँ कमिटीका सभापति प्रकाश बर्तौलाको सभाध्यक्षताम भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here