मनहरी–जेठ १६ गते । बागमती प्रदेश सरकारले प्रदेश भित्र चेपाङ संरक्षण क्षेत्र बनाउने भएको छ । चेपाङ समुदायको पहिलो मन्त्री सन्त बहादुर चेपाङले सोमबार भएको बागमती प्रदेश सभाको निति तथा कार्यक्रममा सो निर्णय सम्बन्धी निति तथा कार्यक्रम पेश गर्न वक्तव्य दिनुभएको हो ।

सोमबार भएको बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रममा प्रदेश सभामा प्रस्तुत गर्दै प्रदेश प्रमुख यादबचन्द्र शर्माले मकवानपुरमा बसोबास गरेका चेपाङ समुदायलाई चेपाङ संरक्षण क्षेत्र बनाईने बताउनुभएको छ ।

मन्त्री चेपाङका अनुसार चेपाङ समुदायको आर्थिक, सामाजिक रुपान्तरणको लागि प्रदेश भित्र मकवानपुर, धादिङ, चितवनमा रहेका चेपाङ बसोबास क्षेत्रलाई चेपाङ विशेष संरक्षण क्षेत्र बनाईनेछ ।

भौगोलिक हिसाबले पनि चेपाङ समुदायको बसोबास बिकट क्षेत्रमा रहेको हुँदा पुर्वाधार विकासमा समस्या परिरहेको अवस्थामा उक्त समुदायको समग्र आर्थिक, सामाजिक क्षेत्रलाई स्तरोन्नतीको लागि चेपाङ विशेष संरक्षित क्षेत्र घोषणा गर्न लागिएको उहाँले बताउनुभयो ।

अझै पनि धेरै जसो चेपाङ समुदायको सामाजिक, आर्थिक विकास नभएको भन्दै यस विषयमा निति तथा कार्यक्रम नै बनाएर अघि बढ्ने योजना अनुसार चेपाङ विशेष संरक्षित क्षेत्र बनाउन लागिएको उहाँले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here