मनहरी–जेठ २ गते । मनहरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका दलले नै अग्रता लिएको छ । स्थानिय तह चुनाव २०७९ मनहरी गाउँपालिकाको वडा नम्बर १ देखि ५ सम्म ९ हजार ६ सय २२ मत प्राप्त भएको छ ।

गठबन्धनबाट अध्यक्ष पदका उम्मेदवार रञ्जन कालाखेतीले ४ हजार ७ सय २९ मत प्राप्त गर्नुभएको छ । त्यस्तै नेकपा एमालेबाट अध्यक्षका उम्मेदवार एकराज उप्रेतीले २ हजार ३ सय ३५ मत प्राप्त गर्नुभएको छ भने नेकपा (एस) बाट नारायण श्रेष्ठले ६७२ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै उपाध्यक्ष तर्फमा पनि गठबन्धबाट उम्मेदवार दिनुभएका नेकपा माओवादी केन्द्रका सिता पुलामी मगर (रेखा) ले ३ हजार १९१ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटम प्रतिद्वन्दी नेकपा एमालेका सुजिता थिङले २ हजार ३४६ मत पाउनुभएको छ ।

त्यस्तै नेकपा समाजवादीबाट मनिला बिष्टले १ हजार ३४२ मत प्राप्त गर्नुभएको छ । गठबन्धन तर्फ अध्यक्ष पदमा २ हजार ३९४ मतान्तर देखिएको छ भने गठबन्धन तर्फकै उपाध्यक्ष पदमा निकटम प्रतिद्वन्दी सङ्गको मतान्तर ८४६ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here