कैलाश– जेठ २ गते । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत कैलाश गाउँपालिकाको मत परिणाम सार्वजनिक भएको छ । सोमबार सकिएको मत गणना अनुसार कैलाश गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

गठबन्धन बाट नेपाली काङ्ग्रेस र माओवादी केन्द्रको अध्यक्ष र उपाध्यक्ष पदमा उम्मेदवारी परेको थियो ।

सोमबार सार्वजनिक गरिएको मतपरिणाम अनुसार अध्यक्षमा गठबन्धनबाट कांग्रेसका उम्मेदवार लोक बहादुर मुक्तान विजयी हुनुभएको छ ।

मुक्तान ४ हजार ८९७ मत सहित निर्वाचित हुनुभएको हो । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार नरेन्‍द्र लाल रिजालले ४ हजार ९३ मत पाउनुभएको छ ।

यसैगरि, उपाध्यक्षमा गठबन्धनबाट नेकपा माओवादीका बाल कुमार मल्ल ठकुरी विजयी हुनुभएको छ । ठकुरीले ४ हजार ८८ मत सहित निर्वाचित हुनुभएको हो । उहाँका प्रतिस्पर्धी नेकपा एमालेकी सुकु माया थिङले ३ हजार ९३७ मत प्राप्त गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here