राक्सिराङ–जेठ १ गते । राक्सिराङ गाउँपालिका वडा नम्बर ४ को मतगणना कार्य रोकिएको छ । मतगणनाका क्रममा मतदान अधिकृतको हस्ताक्षर नभएको मत्रपत्र भेटिएपछि मतगणना कार्य तत्कालका लागि रोकिएको हो ।

राजनितिक दलका प्रतिनिधिहरुले मतदान अधिकृतको हस्तारक्षर नभएको पाएपछि मतदान प्रकृया बन्द हुनुपर्ने भन्दै विरोध जनाएपछि मत गणना कार्य तत्कालका लागि बन्द गरिएको जनाएको छ ।

१५७३ मतदान भएको उक्त वडामा ७०० मतगणना हुँदै गर्दा नेकपा एमालेको पुरै प्यानलमा मतदान गरिएको ५ वटा मतपत्र भेटिएपछि मतगणना कार्य रोकिएको हो । सर्वदलिय बैठक बसेर मतगणना कार्य सुचारु गरिने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here