राक्सिराङ–जेठ १ गते । राक्सिराङ गाउँपालिका वडा नम्बर १ मा नेकपा एमालेले जीत हाँसिल गरेको छ ।

१२१८ झरेको मतमा ४७३ मत ल्याएर नेकपा एमालेको प्यानल नै विजयी भएको हो । एमालेको निकटम प्रतिस्पर्धी नेपाली काङ्ग्रेसले ३७७ मत प्राप्त गरेको छ भने नेकपा माओवाद केन्द्रले ३२१ मत प्राप्त गरेका छन् ।

गाउँपालिका अध्यक्ष पदमा भने नेकपा एमालेले ४७५ र नेपाली काङ्ग्रेसले ५९८ मत प्राप्त गरेका छन् । त्यस्तै जसपाले ७ र नेकपा (एकीकृत) समाजवादीले पनि ७ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपाध्यक्षमा नेकपा एमालेको ४८५, नेकपा माओवादी केन्द्रको ४७८, नेकपा (एकीकृत) समाजवादीको ३ मत रहेको छ । कुल मतमा ७५ मत बदर भएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here