मनहरी–जेठ १ गते । स्थानीय तह निर्वाचनको नतिजा धमाधम आइरहेको छ । सोही क्रममा मनहरी गाउँपालिका वडा नम्बर ३ को पनि नतिजा सार्वजनिक भएको छ ।

आइतबार सार्वजनिका भएको नतिजामा मनहरी गाउँपालिका वडा नम्बर ३ मा वडाअध्यक्ष पदमा नेपाली कांग्रेसका अनन्त प्रकाश अर्याल विजयी हुनभएको छ ।

उहाँका प्रतिद्धन्दी नेकपा (माओवादी केन्द्र) का संजिव पाठकले ७ सय २० मत प्राप्त गर्दा अर्का प्रतिद्वन्दी नेकपा एमालेका मानबहादुर बलले ५ सय ४३ मत प्राप्त गर्नुभएको छ ।

कुल २ हजार ७ सय ५४ मत रहेको उक्त वडामा अर्यालले १ हजार ४२ मत प्राप्त गरी विजयी हुनुभएको हो । त्यस्तै, गाउँपालिका अध्यक्ष पदमा नेपाली कांग्रेसको नै अग्रता कायमै रहेको छ ।

गठवन्धनबाट अध्यक्षमा नेपाली कांग्रेसले १ हजार ३ सय ७५ मत प्राप्त गर्दा नेकपा एमालेले ५ सय ९८ र नेकपा एकिकृत समाजवादीले १ सय ९८ मत प्राप्त गरेका छन् ।

उपाध्यक्ष पदमा पनि गठवन्धनकै अग्रता कायम रहेको छ । गठवन्धनबाट नेकपा (माओवादी केन्द्र) की सिता पुलामि मगरले ७ सय ६९ मत प्राप्त गर्दा उहाँका प्रतिद्वन्दी नेकपा एमालेकी सुजिता थिङले ५ सय ९९ मत र नेकपा एकिकृत समाजवादीकी मनिला विष्टले ५ सय ५२ मत प्राप्त गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here