कैलाश–जेठ १ गते । कैलाश गाउँपालिका वडा नम्बर ८ मा नेपाली काङ्ग्रेसका आशिष प्रजा विजयी भएको छ । आइतबार सार्वजनिक नतिजा अनुसार प्रजा कैलाश ८ मा विजयी हुनुभएको हो ।
नेकपा एमालेका निवर्तमान वडा अध्यक्ष सुर्ज बहादुर थिङ, नेकपा माओवादी केन्द्रका रविन्द्र थिङ र नेकपा (एकीकृत) समाजवादीका राजेस मोक्तान चुनावी मैदानमा रहनुभएको थियो ।