राक्सिराङ–बैशाख ३१ गते । राक्सिराङ गाउँपालिका वडा नं १ मा ४ सय मत गनेर सकिएको छ ।

४ सय मत गन्दा काँग्रेस–माओवादी गठबन्धनका तर्फबाट अध्यक्षका उम्मेदवार राजकुमार मल्ल (नेपाली काँग्रेस) २०५ मत प्राप्त गर्नु भएको छ । त्यसैगरी एमालेका तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार बाबुलाल स्याङ्तानले १४५ मत प्राप्त गर्नु भएको छ ।

नेकपा एकीकृत समाजवादीका उम्मेदवार कृष्णबहादुर चेपाङले २ र जनता समाजवादीका यशकुमार प्रजाले २ मत प्राप्त गर्नु भएको छ ।
उपाध्यक्षमा गठबन्धनका तर्फबाट बनस्तम थिङ (माओवादी) ले १६६ र एमालेकी सुन्तलीमाया चेपाङले १५६ मत प्राप्त गर्नु भएको छ । वडाध्यक्षमा एमालेका वविराम मुक्तानको १४४, नेपाली काँग्रेसका सिंगराम ब्लोनको १२८, माओवादीका तर्फबाट जोगमान थिङको १११ मत आएको छ ।

राक्सिराङ गाउँपालिकाको चैनपुरस्थित प्रशासकीय भवन परिसरमा मत गणना भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here