मनहरी–बैशाख २४ गते । इलाका प्रहरी कार्यालय मनहरीले ठूलो परिमाणको गाँजा र अफिम जलाएर नष्ट गरेको छ ।

मनहरी खोला किनारमा प्रहरीले सरोकारवालाहरुको बीचमा गाँजा र अफिम नष्ट गरेको हो । विभिन्न कालखण्डमा बरामद गरिएका ६ क्वीन्टल ३७ किलोग्राम गाँजा र ५ किलोग्राम अफिम जलाएर नष्ट गरिएको इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक प्रकाश थापाले बताउनुभयो ।

पछिल्लो समय विभिन्न सबारी साधनहरुमा ढुवानी भइरहेको तथा व्यक्तिगत बोकेर ओसार पसार गरिरहेको अबस्थामा प्रहरीले राजमार्ग क्षेत्र र ग्रामीण क्षेत्रहरुबाट गाँजा बरामद गर्दै आइरहेको छ । प्रहरीले कैलाश गाउँपालिका ७ बाट बरामद गरेको अफिम पनि जलाएर नष्ट गरेको छ । ५ किलो अफिम बरामद गरी प्रहरीले ठूलो सफलता हात लागेको बताएको छ ।

उक्त घटनामा दुईवटा मोटरसाइकलहरु पनि नियन्त्रणमा लिइएको छ । घटनामा संलग्न एकजनालाई काठमाडौँबाट पक्रेर ल्याई अनुसन्धान जारी राखिएको प्रहरीले जनाएको छ । घटनामा संलग्न अन्यको पहिचान गर्ने र पक्रने कार्यलाई अघि बढाइएको प्रहरी निरीक्षक थापाले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here