मनहरी–बैशाख २४ गते । नेकपा एमालेले मनहरी गाउँपालिका वडा नम्बर ९ मा शक्ति प्रदर्शन गरेको छ । स्थानीय तह निर्वाचन २०७९ लाई लक्षित गरी गरेको घरदैलो अभियानमा शनिबार ठुलो संख्यामा घरदैलो अभियान चलाएको हो ।
एमालेले मनहरी गाउँपालिका वडा नम्बर ९ मा दलबल सहित चुनानी घरदैलो गरेको हो । नेकपा एमालेको गाउँपालिकाका उम्मेदवार र वडा नम्बर ९ को उम्मेदवारहरु सहित ६०० जनाको उपस्थितिमा चुनावी ¥याली गरेको हो ।
चुनावी ¥याली मनहरी गाउँपालिका वडा नम्बर ९ को रजैँया, खरंगा, जैसिङ, स्याउली बजार, ज्यामिरे क्षेत्रमा दलबल सहित गरेको हो ।
चुनावी ¥यालीलमा गाउँपालिका अध्यक्ष पदका उम्मेदवार एकराज उप्रेती, उपाध्यक्ष पदका उम्मेदवार सुजिता थिङ, मनहरी गाउँपालिका वडा नम्बर ९ का वडा अध्यक्ष पदका उम्मेदवार लक्ष्मण उप्रेती, वडा सदस्यहरु, नेकपा एमाले मनहरी गाउँ कमिटीका पदाधिकारी, युवासंघ नेपाल मनहरी गाउँ कमिटीका पदाधिकारीहरु, नेकपा एमालेका नेता तथा कार्यकर्ता तथा एमालेका शुभच्छुकहरुको सहभागिता रहेको थियो ।
आइतबार मनहरी गाउँपालिका वडा नम्बर ६ को माथिल्लो भेगमा चुनावी कार्यक्रम रहेको नेकपा एमाले मनहरी गाउँ कमिटी चुनाव प्रचार प्रसार समितिका इन्चार्ज हेमलाल उप्रेतीले बताउनुभयो ।