मनहरी–बैशाख २० गते । स्थानीय तह निर्वाचन २०७९ मा मनहरी गाउँपालिकामा नेकपा एमालेले विजय हाँसिल गरे बनकरिया बस्तिमा इसिडिका कक्षा सञ्चालन गर्ने जनाएको छ ।

मंगलबार नेकपा एमाले मनहरी गाउँ कमिटीका टोली घरदैलो अभियानालाई लिएर मनहरी गाउँपालिका वडा नम्बर ४ बनकरिया बस्तिमा पुगेको थियो ।

घरदैलो अभियानलाई सम्बोधन गर्दै निवर्तमान मनहरी गाउँपालिकाका अध्यक्ष तथा हालका अध्यक्ष पदका उमेदवार एकराज उप्रेतीले यस्तो बताउुभएको हो ।

बनकरिया बस्तिबाट गिता चेपाङलाई पनि उमेदवार बनाइएको छ । घरदैलो अभियानलाई सम्बोधन गर्दै उप्रेतीले बनकरिया बस्तिका बालबालिकाहरुलाई बर्षा याममा पढ्न जान अप्ठ्यारो पर्ने भएकोले साना बालबालिकाहरुलाई सहजताका लागि नेकपा एमालेले जितेको खण्डमा इसिडिका कक्षा गाउँमै सञ्चालन गर्ने बताउनुभएको हो ।

पर्यटन विकासका लागि बनकरिया टोल होमस्टेलाई निरन्तरता दिई पर्यापर्यटनको विकासर गरी बनकरिया बासीको आर्थिक उपार्जनमा टेवा पुर्याउने काम एमालेले मात्रै गर्ने भएकोले नेकपा एमालेको चुनाव चिन्ह सुर्यमा भोट हाल्न समस्त बनकरियाबासीलाई अनुरोध समेत
गर्नुभयो ।

साथै बनकरिया बस्तिालाई जोगाउन तटबन्धनको कार्यलाई प्राथमिकतामा राखेर काम गरिने पनि उहाँले बताउनुभयो । बनकरियावासीको परम्परागत सिपलाई आयआर्जनमुखी बनाउन यसलाई परिमार्जन गरि आर्थिक समृद्धिका लागि अघि बढाइने उप्रेतीले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here