मनहरी–बैशाख २० गते । आसन्न स्थानीय तह निर्वाचन २०७९ लाई लक्षित गरि नेकपा एकीकृत समाजवादीले घरदैलो अभियानलाई तिव्रता दिएको छ ।

नेकपा एमालेबाट फुटेर बनेको नेकपा एस मकवानपुर जिल्लाभरीमा मनहरी गाउँपालिकामा बलियो रहेको छ ।

मनहरी गाउँपालिकामा आफुहरु बलियो भएकोले गठबन्धन गर्दै गर्दा गठबन्धनका दलले सम्मानजनक भुमिका नदिदा मनहरी गाउँपालिकामा एक्लै चुनावमा होमेको अध्यक्ष पदका उमेदवार नारायण श्रेष्ठले बताउनुभयो ।

एक्लै चुनावमा जाँदा समेत जित सुनिश्चित भएकोले आफुहरु निसन्देह निर्वाचनमा होमिएको उहाँले बताउनुभयो । नेकपा एसले यतिखेर घरदैलो अभियानलाई तिव्रता दिएका छन् ।

घरदैलो अयिानकाक्रममा मंगलबार मनहरी गाउँपालिका वडा नम्बर २ मा घरदैलो अभियानको टोली पुगेको छ । टोलीले मनहरी गाउँपालिकाको शिक्षा र स्वास्थ्य सुधारका लागि प्रमुख भुमिका खेल्ने बताएको छ ।

शिक्षा नै जीवनको ज्योती भएकोले शैक्षिक विकासलाई प्राथमिकतामा राखेर आफुहरु चुनावी अभियानमा होमिएको उहाँले बताउनुभयो ।

स्वास्थ्यको क्षेत्रमा भने मनहरी गाउँपालिकाम नेकपा एसले विजय हाँसिल गरेको खण्डमा सम्पुर्ण मनहरीबासीलाई निशुल्क स्वास्थ्य बिमा गरिदिने घोषणा पत्रमा उल्लेख गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here