मनहरी–बैशाख १६ गते । मनहरी गाउापालिकामा अध्यक्ष पदका २ जना उमेदवारले उमेदवारी फिर्ता लिएका छन् ।

आइतबार र सोमबार भएको उमेदवारी दर्तामा मनहरी गाउँपालिकाका अध्यक्ष पदका लागि ७ जनाले उमेदवारी दिएका थिए ।

७ जना मध्य २ जना स्वतन्त्र उमेदवारले शुक्रबार निर्वाचन कार्यालयको कार्यतालिका अनुसार उमेदवारी फिर्ता लिएका हुन् । उमेदवारी फिर्ता लिनेमा स्वतन्त्र उमेदवारी दिनुभएका एकिकृत समाजवादीका नेता साधुराम अधिकारी, त्यस्तै नेपाली काङ्ग्रेसका नेता शंकर न्यौपानेले उमेदवारी फिर्ता लिएका हुन् ।

त्यस्तै उपाध्यक्ष पदमा स्वतन्त्रबाट नै भुमिनन्द अर्यालले पनि उमेदवारी फिर्ता लिनुभएको छ । अझै पनि नेकपा माओवादी केन्द मनहरी गाउँ कमिटीका अध्यक्ष रामप्रसाद कालाखेतीले भने स्वतन्त्रबाट दर्ता गराएको उमेदवारी फिर्ता लिनुभएको छैन् ।

त्यस्तै वडा नमबर ८ बाट पनि २ जनाले उमेदवारी फिर्ता लिएका छन् । वडा नम्बर ८ मा अध्यक्षमा उमेदवारी दिनुभएका कृष्ण बर्तौलाले पनि उमेदवारी फिर्ता लिनुभएको छ ।

त्यस्तै वडा सदस्य पदका उमेदवार सिताराम अधिाकारीले पनि उमेदवारी फिर्ता लिनुभएको निर्वाचन अधिकृत पुर्ण बहादुर दर्जीले बताउनुभयो । शनिबार निर्वाचन कार्यालयले सबै उमेदवारलाई चुनाव चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको पनि उहाँले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here