मनहरी–बैशाख १३ गते । स्थानीय तहको निर्वाचन २०७९ अन्तर्गत मनहरी गाउँपालिकाको अध्यक्ष बन्न ११ जनाले उम्मेदवारी दर्ता गराएका छन् । तीमध्ये स्वतन्त्र उम्मेदवारी चार जनाले दिएका छन् भने ८ जनाले दलको टिकट लिएर उम्मेदवारी दिएको निर्वाचन अधिकृत कार्यालय मनहरी ३, लामिटारले जनाएको छ ।
कार्यालयले सार्बजजनिक गरेको सुचि अनुसार उपाध्यक्षमा भने ७ जनाले मात्रै दाबी गरेको पाइएको छ । प्रकाशित सूचि अनुसार नेपाली काँग्रेसबाट रन्जन कालाखेती, नेकपा एमालेबाट एकराज उप्रेती, नेकपा एकीकृत समाजवादीबाट नारायण श्रेष्ठ नेपाली काँग्रेस (बिपी) बाट शंकर न्यौपाने, जनता समाजवादी पार्टिबाट गब्रेल प्रजा ,राष्ट्रिय प्रजातन्त्र पार्टीबाट चन्द्रबहादुर पौडेल ,सचेत नेपाली पार्टिबाट नवराज आचार्य रहनु भएको छ । त्यसैगरी स्वतन्त्र उम्मेदवार बन्नेहरुमा वडा नं ९ का निवर्तमा वडाध्यक्ष साधुराम अधिकारी , वडा नं ५ निबासी रामप्रसाद कालाखेती, वडा नं ९ का साधुराम पोख्रेल र वडा नं ७ का श्यामकृष्ण बर्तौला रहेको बताइएको छ ।
उपाध्यक्ष पदका लागि भने नेकपा (एकिकृत समाजवादी)बाट मनिला विष्ट, नेकपा माओवादी केन्द्रबाट सीता पुलामी मगर , नेकपा एमालेबाट सुजिता थिङ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट माया कुमारी न्यौपाने ,नेकपा मालेबाट शिवहरी उप्रेती ,नेपाली कांग्रेस (विपी)बाट जानुकी लामा र स्वतन्त्रतर्फ भुमिनन्दन अर्जेल क्षेत्री रहेको निर्बाचन अधिकृत कार्यालयले जनाएको छ ।
निर्वाचन अधिकृतको कार्यालयको अनुसार बैशाख १३ गते उम्मेदवारहरुबारे दाबी बिरोध र उजुरी दिने समय तोकिएको छ । यसरी दाबी बिरोध वा उजुरी गर्न व्यक्ति सम्बन्धित पदमा उम्मेदवार दिएका ब्यक्ति अर्का उम्मेदवार नै हुनुपर्नेछ । बैशाख १५ गतेसम्म परेका उजुरीहरुबारे छानबीन गरिनेछ र बैशाख १५ गते साँझ उम्मेदवारहरुको नामावली पुनः प्रकाशन गरिनेछ ।
बैशाख १६ साँझ ५ बजेसम्ममा उम्मेदवारी फिर्ता प्रक्रिया हुनेछ । फिर्ता लिएका उम्मेदवारहरुको नामावली हटाएर निर्वाचनमा होमिन तयार उम्मेदवारहरुको अन्तिम नामावली बैशाख १६ गते साँझ ६ बजे प्रकाशन हुनेछ । बैशाख १७ गते उम्मेदवारहरुलाई चिन्ह प्रदान गरिनेछ ।