मनहरी–बैशाख १२ गते । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले मनहरी गाउँपालिकामा एकल उम्मेदवारी दिने तयारी गरेको गरेको छ ।

आज बैशाख १२ गते मनहरी ९ रजैयास्थित अग्निहोत्राश्रम परिसरबाट ¥यालीसहित निर्वाचन अधिकृतको कार्यालय लामिटार पुगेर ९ वटै वडाका उम्मेदवारहरुले उम्मेदवारी दिने तयारी गरिएका गाउँ कमिटी अध्यक्ष एबम् गाउँपालिका अध्यक्षका उम्मेदवार नारायण श्रेष्ठले बताउनुभयो ।

सबै वडाहरुमा मनोनयन पत्र पठाइसकिएको र केही दिनअघि पार्टीले एकल रुपमा उम्मेदवारी दिनुपर्दा तय गरिएका उम्मेदवारहरुको सूचि तयार पारिसकेकाले धमाधम मनोनयन पत्र फारम भर्ने काम भइरहेको उहाँले बताउनुभयो ।

¥यालीमा पार्टीका स्थायी कमिटी सदस्य एबम् स्वास्थ्य तथा जनजसंख्या मन्त्री विरोध खतिवडासहितका नेताहरु सहभागी हुने कार्यक्रम रहेको नेकपा एकीकृत समाजवादी मनहरीका सचिव ओम आले मगरले बताउनुभयो । ‘सबै वडाहरुबाट यातायात साधनको व्यवस्थासहित हामी ¥यालीको तयारीमा जुटेका छौँ’, सचिव मगरले भन्नुभयो ।

नेकपा एकीकृत समाजवादीले अध्यक्षमा नारायण श्रेष्ठ र उपाध्यक्षमा मनिला बिष्टलाई उम्मेदवार बनाएको छ । बाँकी ९ वटै वडामा वडाध्यक्षसहित वडा सदस्यहरुको टुंगो लगाइसकिएको जनाइएको छ । पार्टीले नेपाली काँग्रेस, माओवादी केन्द्रसहित समिकरण निर्माण गर्ने यसअघिको पहल असफल भइरहेको सन्दर्भमा एकल उम्मेदवारी दिन लागेको जनाएको छ ।

सत्ताधारी गठबन्धनबाट काँग्रेसको अध्यक्ष र माओवादी केन्द्रका उपाध्यक्ष हुनेगरी मनहरी गाउँपालिका भागबन्डामा परेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here