मनहरी–बैशाख ११ गते । मनहरी गाउँपालिकामा आसन्न स्थानीय तह निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि आफ्नो उमेदवारी दर्ता गराएको छ ।

राप्रपा गाउँपालिका अध्यक्ष सहित केहि वडामा राप्रपाले उमेदवारी दर्ता गराएको हो । मनहरी गाउँपालिकामा राप्रपका तर्फबाट अध्यक्षमा चन्द्र बहादुर पौडेलले उमेदवारी दर्ता गराउनुभएको छ ।

पौडेल लामो समय नेपाली काङ्ग्रेमा रहेर राजनिति गर्नुभएको थियो । स्थानीय तह निर्वाचनका लागि नेपाली काङ्ग्रेसले उमेदवार बनाउन नमान्दा पौडेल राप्रपामा प्रवेश गर्नुभएको थियो ।

राप्रपाबाट उपाध्यक्ष पदमा भने उमेदवारी दिइएको छैन् । त्यस्तै ९ वटा वडा रहेको मनहरी गाउँपालिकामा ५ वटा वडामा मात्र वडा अध्यक्षको उमेदवारी दर्ता गराएको छ । मनहरी गाउँपालिका वडा नम्बर ३, ५, ७, ८ र ९ मा मात्र राप्रपाले उमेदवारी दर्ता गराएको हो ।

वडा नम्बर ३ मा बलराम शाही, ४ मा हरि प्रसाद बर्तौला, ७ मा सागर स्याङ्तान, ८ मा शम्भु प्रसान गिरी र ९ मा ज्ञान बहादुर थिङले उमेदवारी दर्ता गराउनुभएको निर्वाचन अधिकृत पुर्ण बहादुर दर्जीले बताउनुभयो ।

यो संगै मनहरी गाउँपालिकामा २ वटा पार्टीले आफ्नो उमेदवारी दर्ता गराएको छ । आइतबार नै नेकपा एमालेले ९ वटै वडा सहित अध्यक्ष र उपाध्यक्ष पदमा उमेदवारी दर्ता गराएको दर्जीले बताउनुभयो ।

उमेदवारी दर्ताको समयसिमा बैशाख १२ गते सोमबार बेलुका ५ बजे सम्म रहेको पनि दर्जीले बताउनुभयो । आइतबार भएको उमेदवार दर्ता कार्य शान्तीपुर्ण ढंगबाट भएको पनि उहाँले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here