मनहरी–बैशाख ११ गते । मनहरी गाउँपालिकामा आसन्न स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेले सबै भन्दा पहिले नाम दर्ता गराएको छ ।

नेकपा एमालेले स्थानीय निर्वाचनका लागि गाउँपालिका अध्यक्ष सहित सबै पदमा उम्मेदवारी दर्ता गराएको हो ।

बाजागाजासहित एमालेका नेता, कार्यकर्ताको उल्लेख्य उपस्थितिमा गाउँपालिकाको अध्यक्षमा एकराज उप्रेती र उपाध्यक्षमा सुजिता थिङले आइतबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर एमालेका उम्मेदवारले उम्मेदवारी दर्ता गराएको हो ।

उमेदावराी दर्ताका क्रममा गाउँपालिका अध्यक्षका उम्मेदवार एकराज उप्रेतीको प्रस्तावकमा हेमलाल उप्रेती र समर्थकमा रामहरि विष्ट रहनुभएको छ ।

यस्तै उपाध्यक्ष सुजिता थिङको प्रस्तावकमा विष्णुप्रसाद अधिकारी र समर्थकमा महेन्द्र राज खड्का रहनुभएको छ । त्यस्तै नेकपा एमालेबाट मनहरी गाउँपालिकाको वडा नम्बर १ मा भीमसेन अधिकारी, २ मा निमा लामा, ३ मा मानबहादुर बल, ४ मा रविन ढकाल, ५ मा किशोर बर्तौला, ६ मा गोपी लामा, ७ मा नारायण सिं घिसिङ, ८ मा पुस्कर सुवेदी र ९ मा लक्ष्मण उप्रेती अध्यक्षको उम्मेदवारी दर्ता गराउनुभएको हो ।

मनहरी गाउँपालिकामा नेकाप एमालेले नै पहिलो उमेदवारी दर्ता गराएको हो । एमालेले एकसाथ गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यको उम्मेदवारी दर्ता गराएको अध्यक्षका उम्मेदवार एकराज उप्रेतीले जानकारी दिनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here