मनहरी–बैशाख ९ गते । अघिल्लो स्थानीय तहको निर्वाचनमा खासै राम्रो तयारी गर्न नसकेको नेकपा माओवादी केन्द्र मनहरीले यसबर्ष तयारीलाई मसिनो ढंगले वडाबाटै बलियो बनाउँदै लगेको छ ।

९ वटै वडामा सर्बसम्म वडाध्यक्षको उम्मेदवार चयन हुन सक्नु नै माओवादीको सबल पक्ष मानिएको छ । अन्य दलहरुमा वडामै किचलो देखिएको छ । त्यससँगै अर्काे महत्वपूर्ण पक्ष पनि जोडिएको छ–युवालाई प्राथमिकता ।

माओवादीले १ देखि ९ नं वडासम्म वडाध्यक्षका उम्मेदवार चयन गर्दा पार्टी राम्रोसँग बुझेको र कमिटीमा रहेर काम गरेका युवालाई प्राथमिकतामा राखेको छ । वडा नं ७ र ९ बाहेक अधिकाँश वडाध्यक्षका उम्मेदवारहरु ४० बर्षमुनिका युवाहरु छन् ।

माओवादीले जनाए अनुसार वडा नं १ मा बद्री प्रसाद उप्रेती, २ नं वडामा राजकुमार पाख्रीन, ३ नं मा सन्जीव पाठक, ४ मा प्रकाश थापा, ५ मा दीपेन्द्र अधिकारी, ६ मा यदुनाथ श्रेष्ठ, ७ मा खुसीलाल मुक्तान, ८ मा इमानसिंह मुक्तान र ९ मा बलराम अर्याल वडाध्यक्षको लागि सर्बसम्मत उम्मेदवार चुनिएका छन् । यीमध्ये वडा नं ७ का मुक्तान र वडा नं ९ का अर्याल मात्रै ५० बर्षमाथिका नेता हुन् । अरु सबै ४० भन्दा कम उमेरका युवा उम्मेदवारलाई माओवादीले अघि सारेको छ ।

माओवादीले अघि सारेका उम्मेदवारहरु राजनीतिक ओज भएका व्यक्तिहरु रहेका छन् । वडा नं १ का उप्रेती सामाजिक रुपमा सक्रिय युवा हुनुहुन्छ । वडा नं २ का पाख्रीन मनहरी गाउँपालिका इन्चार्ज हुनुहुन्छ भने वडा नं ३ का पाठक अहिले माओवादी केन्द्रको मनहरी कमिटीका सचिव हुनुहुन्छ । वडा नं ४ र ५ का थापा र अधिकारी वाइसीएलका नेता हुन् । वडा नं ६ का श्रेष्ठ पनि तत्कालीन एकीकृत माओवादी हुँदा साबिक मनहरी गाविस कमिटीका अध्यक्ष हुनुहुन्थ्यो भने गाउँपालिका हुँदा पनि नेतृत्वका दाबेदार युवा हुनुहुन्छ । वडा नं ७ का मुक्तान बुद्धिजीवि फाँटका हुनुहुन्छ, उहाँ अवकाश प्राप्त शिक्षक र शिक्षासेवी समेत हुनुहुन्छ । वडा नं ८ का मुक्तान वडा कमिटी अध्यक्ष हुनुहुन्छ । ९ का अर्याल सिंचाई उपभोक्ता समिति, मेलमिलाप केन्द्र लगायत निकायहरुमा काम गरेका अनुभवी ब्यक्तित्व हुनुहुन्छ ।

अध्यक्ष छान्न झण्डै भोटिङ
माओवादीले गाउँपालिका अध्यक्ष छान्न सहजै सकेको छैन । गाउँ कमिटी अध्यक्ष रामप्रसाद कालाखेतीले भोटिङमार्फत अध्यक्षका उम्मेदवार छान्ने प्रस्ताव गर्नु भएपनि गरेपनि उक्त प्रयत्न सफल सफल हुन नसकेको बताइएको छ ।

खासगरी पार्टीको बागमती प्रदेश कमिटी सदस्य तथा तथा माओवादी युद्धकालमा शैन्य गतिविधिमै संलग्न रहेका कमाण्डर बीरबहादुर घलान (ज्वाला) ले यस पटक संसदीय फाँटमा आई मनहरी गाउँपालिकाको नेतृत्व गर्न चाहनु भएको छ । अध्यक्ष सापकोटा पनि अध्यक्षकै दाबेदार हुनुहुन्छ ।

ज्वाला र कालाखेतीसँगै उमेश गुनी र एकराज पुरीको नाम समेत अध्यक्षका लागि सिफारिस गरेर पठाइएको छ । माओवादीमा अध्यक्ष छान्न सकस भएसँगै भोटिङ प्रक्रियामार्फत छान्ने प्रयत्न गरिए पनि केही युवा नेताहरुको बिरोध र आक्रोशपछि मतदान प्रक्रिया अघि नबढेको बुझिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here