मनहरी– बैशाख ०८ गते । बैशाख ९ गतेबाट हुने एसईई परीक्षामा मनहरी गाउँपालिकामा ८ सय ३९ जनाले परीक्षा दिने भएका छन् ।

पश्चिम मकवानपुरमा २ वटा परीक्षा केन्द्रको तोकिएको छ । राक्सिराङ, कैलाश, मनहरी गरी ३ वटा गाउँपालिकामा अध्ययन गर्ने विद्यार्थीहरुका लागि मनहरी गाउँपालिकाको वडा नम्बर ७ मा रहेका को राष्ट्रिय रोटरी माध्यमिक विद्यालय र मनहरी–८ को महेन्द्र किरण माध्यमिक विद्यालय गरी २ वटा परीक्षा केन्द्र तोकेको हो ।

जसमध्य राष्ट्रिय रोटरी माध्यमिक विद्यालयमा ४ सय ४८ जनाले परीक्षा दिने भएका छन् भने महेन्द्र किरण माध्यमिक विद्यालयमा ३९१ गरी ८३९ जनाले यस वर्षको एसइइ परीक्षा दिने भएका हुन् ।

८३९ जना विद्यार्थीमध्य मनहरी गाउँपालिकाको एकमात्र निजि माध्यमिक विद्यालय युनाइटेड सेकेन्डरी इङ्ग्लिस बोर्डिङ स्कुलबाट ४४ जनाले परीक्षा दिने भएका छन् । परीक्षा बिहान ८ बजेदेखि सञ्चालन हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here