मनहरी–बैशाख ०६ गते । मनहरीमा चप्पल र कागजको प्लेट उद्योग संचालनमा आएको छ । मनहरी गाउँपालिका वडा नम्वर ६ मा बसोबास गर्दै आएका अनिस राईले उक्त उद्योग संचालनमा ल्याउनुभएको हो ।

मंगलबार संचालनमा आएको उद्योगको उद्घाटन मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले गर्नुभएको थियो ।

राईले संचालनमा ल्याएको उद्योगलाई गाउँपालिकाबाट निरन्तर साथ र समन्वय हुने विस्वास समेत दिलाउनुभयो ।

राईले लघु उद्यम कार्यक्रम अन्तर्गत ८ लाख ५० हजार रुपैयाँ साना किसान कृषि सहकारी संस्था मनहरीबाट ऋण लिएर उद्योग संचालनमा ल्याउनुभएको हो ।

दैनिक ५ सय जोर चप्पल उत्पादन गर्ने उद्देश्यसहित उद्योग संचालनमा ल्याईएको संचालक राईले बताउनुभयो । पेपर प्लेट र चप्पल गरी २ सामग्री उद्योगबाट उत्पादन हुने जनाइएको छ ।

कुल लागत खर्चमा भवन निर्माणका लागि ३ लाख रुपैयाँ, मेसिनरी खरीदमा ३ लाख रुपैयाँ र चप्पल बनाउने सामाग्री खरीद गर्न २ लाख ५० हजार रुपैयाँ लागत लागेको राइले बताउनुभयो । उद्योगमा ४ जनाले रोजगारी पाउने समेत बताइएको छ ।

कार्यक्रममा बोल्दै साना किसान सहकारीका प्रबन्ध निर्देशक ज्योति सुवेदीले सहकारीको युवाहरुलाई स्वदेशमै बसेर केही गर्ने र लघु उद्यमीतर्फ अघि बढाउने लक्ष रहेको समेत बताउनुभयो ।

सोही अनुरुप आफ्नो संस्थाको ऋण लगानीमा उद्योग खोल्न सहयोग गर्न पाउँआ खुशी लागेको समेत उहाँले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here