मनहरी–चैत २९ गते । मंगलबार मनहरी गाउँपालिकामा १ हजार ६ सय ८२ जना बालबालिकाले टाइफाइड विरुद्धको खोप लगाएका छन् ।

१५ महिना देखि २३ महिनासम्मका ८० जना र २ वर्ष देखि १५ वर्षसम्मका १ हजार ६ सय २ गरि १ हजार ६ सय ८२ जनाले खोप लगाएका
हुन् ।

मंगलबार सबैभन्दा धेरै वडा नम्बर ७ मा टाइफाइड विरुद्धको खोप लगाइएको छ । ४ जना १५ महिना देखि २३ महिना सम्मका र ६७४ जना २ वर्ष देखि १५ वर्ष उमेर भित्रका बालबालिकाले खोप लगाएका हुन् ।

त्यस्तै मंगलबार वडा नम्बर १ मा ११९ जना, वडा नम्बर २ मा ९६ जना, वडा नम्बर ३ मा ५४ जना, वडा नम्बर ४ मा ४१ जना, वडा नम्बर ५ मा ८४ जना, वडा नम्बर ६ मा १२६ जना, वडा नम्बर ८ मा ३१५ जना र वडा नम्बरमा १६९ जनाले खोप लगाएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here