मनहरी–चैत २८ गते । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) मनहरीको सचिवालय बैठक सोमबार भएको छ । बैठकले मंगलबार आयोजना हुने बिस्तारित बैठकका लागि आन्तरिक तयारीहरु गरेको छ ।

निर्वाचन लक्षित तयारीका साथ समाजवादीको सचिवालय बैठक बसेको र बिस्तारित बैठकको तयारी गरिएको पार्टी सचिव ओम आले मगरले बताउनुभयो । उहाँका अनुसार सचिवालय बैठकमा निर्वाचनमा गठबन्धन के कसरी गर्ने ? एकल हिसावले निर्वाचनमा जाँदा कस्तो परिणाम आउने ? कस्ता ब्यक्तिहरु उम्मेदवार हुने ? लगायतका बिषयहरुमा छलफल भएको थियो ।

जिल्ला कमिटीका सदस्यहरुसहित आयोजित सचिवालय बैठकमा गाउँ कमिटीका सचिवालय सदस्यहरु र जनवर्गीय संगठनका जिल्ला र केन्द्रीय प्रतिनिधिहरु सहभागी हुनुहुन्थ्यो ।

बैठकले चैत २९ गते बिस्तारित बैठकमा पेस हुने एजेण्डाहरु तय गरेको छ । साथै अधिकाँश जिल्ला कमिटी सदस्य र गाउँ कमिटीका सचिवालय सदस्यहरुले सकेसम्म एकल निर्वाचनमा जानुपर्ने र गठबन्धन भएमा सम्मानजनक व्यवहार गर्ने सरकारसम्बद्ध राजनीीतक पार्टीहरुसँग मिल्नुपर्ने धारणा राखेका थिए । मकवानपुर जिल्लामै मनहरी गाउँपालिकामा समाजवादीको बर्चश्व राम्रो भएकाले मूल नेतृत्वमा दाबी छाड्न नहुनेमा समेत सुझाव दिने नेताहरुले माथिल्लो कमिटीका नेतृत्वको ध्यानाकर्षण गराएका थिए ।

केन्द्रीय सदस्य राजाराम स्याङ्तानको उपस्थितिमा भएको सचिवालय बैठकमा जिल्ला सचिवालय सदस्य एबम् मनहरी गाउँपालिका इन्चार्ज भूमिनन्द अर्याल, मनिला बिष्ट, रामकुमार एलन, बीरेन्द्र डिसी लगायतले पार्टीको गतिविधि, आगामी निर्वाचनमा समाजवादीको सम्मानजनक भूमिका स्थापना लगायतका बिषयमा मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

गाउँ कमिटी अध्यक्ष नारायण श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा जिल्ला सदस्यहरु र गाउँ कमिटीका सचिवालय सदस्यहरुबाट प्राप्त सुझाव अनुसार चुनावी रणनीति निर्माण गर्दे अघि बढ्ने तयारी पार्टीले गरेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । समाजवादीमा आगामी निर्वाचनमा गाउँपालिका अध्यक्ष पदका लागि बर्तमान उपाध्यक्ष मनिला बिष्ट, वडाध्यक्ष साधुराम अधिकारी, गाउँ कमिटी अध्यक्ष नारायण श्रेष्ठ, जिल्ला सचिवालय सदस्य बीरेन्द्र डिसी लगायत नेताहरुले दाबी गर्नु भएको छ । यद्यपि, सहमतिमा पार्टीले पठाएको नेतृत्वलाई मानेर अघि बढ्ने सबै आकांक्षीहरुले प्रतिबद्धता जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here