मनहरी–चैत २६ गते । टाइफाइड विरुद्धको राष्ट्रिय खोप अभियान अन्तर्गत मनहरी गाउँपालिकामा दोस्रो दिन १ हजार १६४ जना बालबालिकाले खोप लगाएका छन् ।

मनहरी गाउँपालिकाको ९ वटै वडामा रहेका विद्यालयहरुमा र स्वास्थ्य केन्द्रमा खोप अभियान सञ्चालनमा रहेको छ ।

१५ महिना देखि १५ वर्ष सम्मका बालबालिकालाई लगाइने खोपमा शनिबार ६४ जना १५ देखि २३ महिना भित्रका बालबालिका रहेका छन् भने २ वर्ष देखि १५ बर्षसम्मका १ हजार १ सय गरी कुल १ हजार १ सय ६४ जनाले खोप लगाएका हुन् ।

शनिबार मनहरी गाउँपालिकाको वडा नम्बर ४ र ७ मा भने खोप अभियान सञ्चालनमा नआएको खोप अभियानका प्रवक्ता ज्योतिराज लूइटेलले बताउनुभयो ।

शनिबार वडा नम्बर १ मा १२७ जना, २ मा ९७ जना, ३ मा ३०१ जना, ५ मा १३९ जना, ६ मा ३४३ जना, ८ मा ७९ जना र ९ मा ७८ जनाले खोप लगाएका हुन् ।

खोप अभियानको पहिलो दिन तीन हजार १५ जनाले खोप लगाएका थिए । यस खोप अभियान मनहरी गाउँपालिमा चैत ३० गते सम्म सञ्चालन हुने गरी मनहरी गाउँपालिका स्वास्थ्य शाखाले तालिका नै सार्वजनिक गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here