मनहरी–चैत २५ गते । नेपाल सरकारले टाईफाईड रोग बाट जोगिन भ्याक्सिन प्रयोगमा ल्याएकोछ ।

नेपाल सरकार सघिंय सरकार स्वास्थ्य मन्त्री एबम मकवानपुर निर्बाचन क्षेत्र २ बाट निर्बाचित माननिय स्वास्थ्य मन्त्री बिरोध खतिवडाले मनहरी गाउँपालिका वडा न ५ भोजसिद्द माबिमा एक कार्यक्रमका बिच खोप किट अभियानमा खटिएका स्वास्थ्य स्वयम सेविकालाई किट हस्तान्तरण गर्दै खोप अभियान बिधिवत रुपमा उद्घाटन गर्नुभएको छ ।

साथै कार्यक्रममा बोल्दै मन्त्री खतिवडाले खोप अभियानलाई सफल पार्न समेत निर्देशन दिनुभएको छ । नेपाल सरकारको आयोजनामा यहि चैत २५ गते बाट सुरु भई बैशाख १८ गते सम्म सञ्चालन हुने उक्त खोप अभियानमा १५ वर्ष पुरा भई १५ वर्ष सम्मका बालबालिकालई अनिवार्यरुपमा खोप लगाउन समेत आग्रह गरेको हो ।

मनहरी गाउँपालिकामा भने यहि चैत ३० गते सम्ममा खोप अभियान सञ्चालन भई समापन गरिने मनहरी गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

कार्यक्रमको प्रमुख अतिथिती समेत रहनुभएका मन्त्री खतिवडाले टाईफाइड रोगका कारण अकालमाअ ज्यान गुमाउनु पर्ने बिडम्बना बाट जोगिने र अकालमै मृत्‍युबरण हुनबाट जोगिने भएकोले अनिबार्यरुपमा खोप लगाउन समेत आग्रह गर्नुभयो ।

मनहरी गाउपालिकामा खोप कार्यक्रमको पहिलो दिनमा १५ महिना देखी २३ महिना सम्म १०१ जना, २ बर्ष देखी १५ बर्ष सम्म २९१४ जना गरी जम्मा ३०१५ जनाले टाईफाईड बिरुड्ड्को खोप लगाएकाछन ।

त्यस्तै गरी सोही अवसर पारेर निशुल्क आँखा सिबिर सञ्चालनमा २९० जनाले आँखा जाँच गराएका छन् । त्यस्तै २०० जनालाई निशुल्क चस्मा बितरण समेत गरिएको छ ।

साथै मोतियाबिन्दु भएका २० जनालाई हेटौंडा आँखा अस्पातलमा निशुल्क शल्यकृयाको लागि लगिएको स्थानिय समाजसेवी एबम कार्यक्रमका संयोजक ओम कुमार आले मगरले जानकारी दिनुभयो ।

कार्यक्रममा बागमती प्रदेश सभा सदस्य मुनु सिग्देल, संबिधान सभा सदस्य द्द्वय राजाराम स्याङ्तान, गोबिन्दराम प्रजा, हेटौंडा उपमहानगर पालिका उपप्रमुख मिना लामा, मनहरी गाउपालिका अध्यक्ष एकराज उप्रेती मनहरी गाउपालिउका उपाध्यक्ष मनिला बिष्ट राजनैतीक दलका प्रतिनिधि एबम जिल्ला स्वास्थ्य सम्मवनयनका कर्मचारीहरु र मनहरी गाउपालिकामा खटिने स्वास्थ्य कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here