मनहरी–चैत १८ गते । बागमती प्रदेश सरकारका भैतिक पूर्वाधार राज्यमन्त्री सन्त बहादुर चेपाङले मनहरी गाउँपालिकामा बसोबास गर्ने अव्यवस्थित बसोबासी, भूमिहिन दलित, भूमिहिन सुकुम्बासीहरुलाई लालपुर्जा दिन सक्दो सहयोग गर्ने प्रतिवद्धता गर्नुभएको छ ।

रमन्टार डिपाट वस्ती बसेको अवसरमा १८ औँ वार्षिकोत्सब भेलालाई सम्बोधन गर्दै मन्त्री चेपाङले यस्तो बताउनुभएको हो ।

भूमिहिनहरुलार्य लालपुर्जा दिने कुरामा केन्द्र सरकार र प्रदेश सरकार समेत सकारात्मक रहेको भन्दै मन्त्री चेपाङले यस विषयमा गम्भिर भएर लाग्ने बताउनुभएको हो ।

विगत १८ वर्ष देखि बसोबास गर्दै आइरहेका जनतालाई लालपुर्जा किन नदिने ? विगतका सरकारले यस विषयमा ध्यान दिएन तर अहिलेको सरकार यस विषयप्रति गम्भिर छ चाँडै नै लालपुर्जा वितरण कार्यलाई अघि बढाउँछौँ , मन्त्री चेपाङले बताउनुभयो ।

त्यस्तै कार्यक्रममा बोल्दै बागमती प्रदेश सभा सदस्य ओम बहादुर ग्लान (प्रदिप) ले आफु स्थानीय नै भएकोले समस्या समधानमा गम्भिर रहेको बताउनुभयो ।

भू–स्वामित्व प्रदान गर्न केन्द्र सरकार समस्या पु¥याएको स्मरण गर्दै प्रदेश सभा सदस्य ग्लानले यो वस्तीलाई भू–स्वामित्व दिएर मात्र आफुले शान्तीको सास फेर्ने बताउनुभयो ।

त्यस्तै कार्यक्रममा बोल्दै मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले मनहरी गाउँपालिकामा रहेका भूमिहिनहरुलाई भू–स्वामित्व प्रदान गर्न आफु लागि परेको बताउनुभयो ।

मध्यवती क्षेत्र अन्तर्गत पर्ने भएकोले यसमा केहि अप्ठ्यारा आएको तर यसको समाधान पनि गर्ने उहाँले बताउनुभयो । भूमिहिन सुकुम्बासी, भूमिहिन दलित र अव्यवस्थित बसोबासीहरुको तथ्याङ्का संकलन कार्य समापन भई डिजिटलाइज भइरहेको भन्दै चाँडै नै यसले पूर्णता पाउने पनि बताउनुभयो ।

रमन्टार डिपाट सामुदाियक वन समितिका अध्यक्ष डम्बर मोक्तानको अध्यक्षतामा भएको कार्यक्रममा मन्त्री चेपाङको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बागमती प्रदेशका प्रदेशसभा सदस्य ओमबहादुर ग्लान, मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती, नेपाली कांग्रेसका नेता भरत पराजुली, जानकी लामा, मनहरी गाउँपालिकाका सभापति प्रकाश वर्तौला, नेकपा माओवादी केन्द्रका नेता बीरबहादुर घलान (ज्वाला), वडाध्यक्ष ठाकुराम तितुङ , ६ नम्बर वडाका वडा अध्यक्ष गोपिलाल मुक्तान, नेकपा एकिकृत (समाजवादी) मनहरीका अध्यक्ष नारायण श्रेष्ठ, नेकपा माओवादी केन्द्र मनहरी गाउँ कमिटीका अध्यक्ष रामप्रसाद कालाखेतीलगायतको आतिथ्यता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here