मनहरी–चैत १४ गते । बगमती प्रदेश सरकारका सामाजिक बिकास मन्त्री कुमारी मुक्तानले माओवादीले भनेको गाउँगाउँमा सिहं दरबार भन्ने नारा आज साकार भएकोबताउन भएको छ ।

सोमबार मनहरी गाउँपालिका वडा नम्बर २ को वडा कार्यालयको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

अब आफ्नो गाउँको समस्या लिएर आफ्नो घरको झिटी झाम्टा बेचेर सदरमुकाम पुग्नु नपर्ने समेत उहाँले बताउनुभयो । यो ठाउको बिकासको लागि यहाँका जनताले धेरैनै आशा गरेको र आफुले सकेको सहयोग गरिरहेको समेत बताउनुभयो ।

एक अर्काे प्रसङ्गमा आफुलाई कुमारी मुक्तान भनेर परिचित गराउन मनहरी गाउपालिकाको निक्कै ठुलो भूमिका रहेको भन्दै आफु सदैब जनताको बिचमा रहेको र सधैँ रहिरहने समेत बताउनुभयो ।

चुनाव आउँदैछ चिल्ला कुरा, क्षणिक बिकासका नारा लगाउन आउने बताउदैँ यसतर्फ जनतालाई सजक हुन समेत आग्रह गर्नुभयो । वडा नम्बर २ को नब निर्मित भवनको उद्घाटन सोमबार बागमती प्रदेश सामाजिक बिकास मन्त्री कुमारी मुक्तानले गर्नुभएको हो ।

२०७६ सालमा निर्माण कार्य शुरु गरेको उक्त वडा कार्यालय भवन २०७७ चैतमै सम्पन्न गरी वडाको सबै सेवा नब निर्मित भवनबाट प्रदान हुँदै आए पनि उद्घाटन भने सोमबार गरिएको हो ।

१ करोड ४० लाख बजेट बिनियोजित मा जम्मा ९१ लाखमा ठेक्का भई निर्माण कार्य सम्पन्न गर्दै गाउपालिका भरिमै सबै भन्दा पहिला निर्माण कार्य सम्पन्न गर्न सफल उक्त वडा कार्यालय भवनको उद्घाट्न भने केही समय ढिला हुन पुगेको थियो ।

स्थानिय समाजसेवी जय बहादुर घलानले २ गठा जग्गा हालको मुल्याङ्कनमा कठ्ठाको १८ लाखको हिसाबले ३६ लाख बराबरको जग्गा प्रदान गरी वडा कार्यालय भवन निर्माणको लागि दान दिनुभएको थियो ।

कार्यक्रमको सभाधक्षता गर्दै वडा नम्बर २ का वडा अध्यक्ष आनन्द घलानले हामीले गाउपालिकामै सबै भन्दा राम्रो काम गरेको र गाउपालिकामा माओवादीले गरेको काम देखेर बिपक्षी पार्टी तर्सिएको भन्दै स्वछ मुल्याङ्कन गर्ने हो भने वडा नम्बर २ मनहरी गाउँपालिकामा पहिलो नम्बरमा आउने दाबी गर्नुभयो ।

पुर्व मुख्य मन्त्रि डोरमणी पौडेललाई कटाक्ष गर्दै मुख्यमन्त्रीले पूजा गरी जानु भो पुल अहिले सम्म निदाई रहेको छ । तर हामीले अबको केही दिनमै च्यापलको पुलमा गाडी कुदाए देखाईदिने समेत दाबी गर्नुभयो । कार्यक्रममा बिभिन्न राजनितिक दलका नेता तथा स्थानीयहरुको उपस्थिती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here