मनहरी–चैत ०६ गते । पशुपति सामुदायिक वन उपभोक्ता समुहको अध्यक्ष पदका लागि ४ जना आकाङ्क्षी देखिएको छ । शनिबार भएको १६ औँ साधारण भेला तथा चौथो अधिवेशनबाट पुरानो समितिले आफ्नो कार्यकालबाट राजिनामा घोषणा गरेपछि अध्यक्षका लागि ४ जनाले उमेदवारी घोषणा गरेको हो ।

शनिबारै चारै जना विच सहमती गराउन खोजिए पनि सहमती हुन नसकेपछि उक्त भेलाले ३ सदस्यीय निवार्चचन कमिटी समेत निर्माण गरी प्रतिनिधि चुन्ने कृयाकलाप अघि बढाएको छ । शुकलाल थिङको संयोजकत्वमा ३ सदस्यीय निर्वाचन कमिटी बनाएको हो ।

त्यस्तै निर्वाचन कमिटीमा शुशिला घलान र सरोज प्रजा रहनु भएको छ । पशुपति सामुदायिक वन उपभोक्ता समुहका निवर्तमान अध्यक्ष रघुनाथ रुम्बाले ३ सदस्यीय निर्वाचन कमिटीले यथोचित परिणाम निकाल्न समस्या परेको खण्डामा २ जना थप गर्न पाउने समेत बताउनुभएको छ ।

सामुदायिका वन उपभोक्ता महासंघ (फेकोफन) को १ जना र वनको प्रतिनिधि १ जना गरी २ जना आवश्यक परे राख्न सकिने प्रावधान समेत बनाएको उहाँले बताउनुभयो ।

मनहरी–७ समेल डाँडा निवासी बाबु स्याङ्तान, बिजौना निवासी शुशन भोलन, मानेडाँडा निवासी गोबिन्द अर्याल र बिजौना निवासी ध्रुब रिजालले अध्यक्षमा उमेदवारी घोषणा गर्नुभएको हो ।

सहमती र सहकार्य गरेर नै अध्यक्ष चुन्ने उद्येश्यका साथ २ दिन सहमती र सहकार्यको लागि समय दिएको निर्वाचन कमिटीका संयोजक शुकलाल थिङले बताउनुभयो । सहमती र सहकार्यको २ दिने समयावधी सोमबार बेलुका ५ बजे सकिने छ ।

तोकिएको समय भित्र पनि सहमती र सहकार्य नभएको खण्डमा निवार्चनको विधि विधानमा रहेर प्रतिनिधि चुन्ने अवस्था आउने र सोही अनुसार गरिने थिङले बताउनुभयो । अध्यक्ष बाहेकाका अन्य पदमा भने अध्यक्ष चयन पछि मात्र प्रकृया अघि बढाइने जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here