मनहरी–फागुन २८ गते । मनहरी गाउँपालिका वडा नम्बर ५ मा नेकपा एमालेले शुक्रबार गरेको टोल कमिटीमा एकिकृत समाजवादीका क्रियाशिल सदस्यहरुलाई आफ्नो टोल कमिटीमा झुक्याएर सदस्य बनाएको पाइएको छ ।

नेकपा एमालेको शुक्रबार भएको टोल कमिटीको बैठकमा विकास निर्माणका कार्यहरुबारे छलफल गर्नु छ भनि बोलाएर आफ्नो टोल कमिटीमा राखेको भन्दै ८ जनाले असन्तुष्टी व्यक्त गरेका हुन् ।

प्रेस विज्ञप्ती जारी गर्दै आठै जनाले नेकपा एकिकृत समाजवादीमा नै रहेको भन्दै हस्ताक्षर सहित विज्ञप्ती निकालेका हुन् । नेकपा एमालेले शुक्रबार मनहरी गाउँपालिका वडा नम्बर ५ डाँडाटोलमा टोल कमिटी गठन गरेको थियो ।

गठित कमिटीमा १४ जना सदस्य चुनिएका मध्ये ८ जना भने नेकपा एकिकृत समाजवादीका क्रियासिल सदस्यहरुलाई झुक्याएर राखेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

जारी विज्ञप्तीमा आठै जनाले नेकपा एकिकृत समाजवादीका नेता, कार्यकर्ता तथा मतदाताहरुमा भ्रममा नपर्न आग्रह समेत गरेका छन् । गिता मिजार, रोमिशा राई, सुनिल राई, काली नेपाली, जुनकिरी मिजार, लक्ष्मी गोले, मनमाँया मुक्तान र इश्वरी न्यौपानेद्वारा हस्ताक्षरित विज्ञप्तीमा नेकपा एमालेमा नरहेको प्रष्ट पारिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here