मनहरी–फागुन २७ गते । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको मनहरी गाउँपालिका वडा नं ७ स्तरीय भेला शुक्रबार मनहरीस्थित मनकामना मन्दिर परिसरमा भएको छ ।
पार्टीको वडा कमिटी अध्यक्ष कृष्णबहादुर खातीको अध्यक्षता तथा जिल्ला कमिटीका सचिव एबम राष्ट्रिय भूमि आयोग अध्यक्ष बिष्णुप्रसाद दाहालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि दाहालले राष्ट्रिय राजनीतिमा एकीकृत समाजवादी पार्टीले महत्वपूर्ण हिस्सा ओगट्ने गरी काम अघि बढेको बताउनुभयो ।
उहाँले राजनीतिमा अर्थपूर्ण सहभागिता जनाउँदै आगामी दिनमा असली कम्युनिष्ट पार्टीको हकदारको रुपमा नेकपा एकीकृत समाजवादी प्रस्तुत हुने बताउनुभयो ।
कार्यक्रममा जिल्ला सचिवालय सदस्य भूमिनन्द अर्याल, बीरेन्द्र डिसी, जिल्ला सदस्यहरु शिवकुमार रिजाल, सूर्यमान प्रजा, जे एन प्रजा, युवा संघ नेपालका जिल्ला सचिव सगुन स्याङ्तान, मनहरी गाउँपालिका अध्यक्ष कृष्णचन्द्र पुरी लगायतले पार्टीको औचित्य र बर्तमान अबस्थाबारे धारणा राख्नु भएको थियो ।
उहाँहरुले आगामी निर्वाचनमा प्रतिगामीहरुलाई परास्त गर्दै अग्रगामी मोर्चाका सहयात्रीहरु एक भएर अघि बढ्नुपर्ने धारणा राख्नु भएको थियो ।