मनहरी–फागुन २७ गते । राष्ट्रिय भूमि आयोग मकवानपुरका अध्यक्ष बिष्णुप्रसाद दाहालले स्थानीय उपभोक्ताले उपभोग गर्दै आइरहेको जग्गामा विवाद नभएको खण्डमा छिट्टै लालपुर्जा बितरण गर्ने गरी काम भइरहेको बताउनु भएको छ ।
नेकपा एकीकृत समाजवादी मनहरी गाउँपालिका ७ नं वडा भेलालाई मनकामना मन्दिर परिसरमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

उहाँले अब्यवस्थित बसोबासीमध्ये पनि मध्यवर्ती क्षेत्रका बासिन्दालाई लालपुर्जा बितरणका लागि समस्या रहेकाले संघीय सरकारमा कुरा भइरहेको र उचित निर्णय हुने पनि बताउनुभयो ।

पहिलो चरणमा दलित सुकुम्बासीले उनीहरुले बसिरहेकै जग्गा नापी गरेर लालपुर्जा बितरण गर्ने वा अन्यत्र सारेर लालपुर्जा बितरण गर्ने तयारी भइरहेको उहाँको भनाई थियो ।

त्यसपछि अब्यवस्थित बसोबासीहरुलाई विवाद नआएको स्थानमा पुगी लालपुर्जा बितरण गर्ने तयारी आयोगले गरेको उहाँले जानकारी दिनुभयो ।
निर्वाचन अघि सम्भव नभए पनि निर्वाचन लगत्तै लालपुर्जा बितरण हुने र सो कार्यका लागि स्थानीय सरकारले सहयोग गर्नुपर्ने उहाँको भनाई थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here