मनहरी–फागुन २६ गते । मनहरीमा सबारी चालकहरुको स्वास्थ्य जाँच गरिएको छ ।

इलाका प्रहरी कार्यालय अगाडि आयोजित निःशुल्क स्वास्थ्य जाँच कार्यक्रममा १२० जना चालकहरुको स्वास्थ्य जाँच भएको ट्राफिक प्रहरी कार्यालय मनहरीले जनाएको छ ।

ट्राफिक प्रहरी कार्यालय मनहरीका हवल्दार बीरबहादुर नाथका अनुसार पूर्व पश्चिम राजमार्ग क्षेत्रमा सबारी चलाउने ट्रिपरचालकहरुलाई लक्षित गरी स्वास्थ्य जाँच गरिएको हो । कार्यक्रममा चालकहरुको आँखा र प्रेसरको जाँच भएको थियो ।

ट्राफिक कार्यालयले स्थानीय स्वास्थ्यकर्मीहरुको साथ लिएर नियमित रुपमा सबारी चालकहरुको स्वास्थ्य जाँच गर्दै आइरहेको छ भने समय समयमा ट्राफिक नियमहरुबारे अभिमुखीकरण कार्य गरिँदै आएको ट्राफिक कार्यालय मनहरीले जनाएकको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here