मनहरी–फागुन २४ गते । मनहरी गाउँपालिका स्तरीय बाल सञ्जालले मंगलबार हाजिरि जवाफ प्रतियोगिता आयोजना गरेको छ ।

११२ औँ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा पालिकास्तरीय हाजिरि जवाफ प्रतियोगिता गरेको हो । कार्यक्रममा मनहरी गाउँपालिकाको ९ वटै वडाका बालसञ्जालले प्रतिनिधित्व गरेको थियो ।

हाजिरि जवाफ प्रतियोगिता ९ वटै वडाका प्रतिनिधिहरु संलग्न गराई ६ समुहमा विभाजन गरि प्रतिस्पर्धा गराइएको थियो । प्रतिस्पर्धामा चोयु समुह प्रथम, लोत्से समुह द्धितिय र सगरमाथा समुह तृतिय भएका छन् ।

प्रथम, द्धितिय र तृतिय ह हुनेले कापी, ज्यामतिय बक्स, मेडल तथा प्रमाण पत्र प्राप्त गरेका छन् । उक्त कार्यक्रम मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले पहिलो प्रश्न सोधेर उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा बाल सञ्जाल मनहरीका अध्यक्ष आषिश बुढाथोकीको सभाध्यक्ष, गाउँपालिका अध्यक्ष एकराज उप्रेतीको प्रमुख आतिथ्यता, उपाध्यक्ष मनिला विष्टको विशेष आतिथ्यता रहेको थियो ।

त्यस्तै कार्यक्रममा महिला तथा बालबालिका शाखाका प्रमुख शान्ती अधिकारी बालसञ्जाल मनहरकिा प्रतिनिधिहरु, राडो नेपालको प्रतिनिधि र स्थानीय पत्रकारहरुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here