फागुन २१ गते । थाहा नगरपालिका जिल्लाकै उत्कृष्ट स्थानीय तह बन्दा मनहरी गाउँपालिका भने सबै भन्दा कम अंक ल्याउने गाउँपालिका बनेको छ ।

प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकन अनुसार थाहा नगरपालिका मकवानपुर जिल्लाकै उत्कृष्ट भएको हो ।

थाहाले आयोगको मुल्याङ्कनमा ७०.०८ अंक प्राप्त गरेको छ भने मनहरी गाउँपालिकाले जम्मा ४४.३ अंक मात्र प्राप्त गरेको हो । आयोगको मुल्याङ्कन अनुसार सबैभन्दा कम प्राप्ताङ्क मकवानपुरको मनहरी गाउँपालिकाले पाएको हो ।

आगामी आर्थिक वर्ष २०७९÷८० मा संघीय सरकारबाट तल्लो सरकारलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदानको प्रयोजनका लागि प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश र स्थानीय सरकारहरुको कार्यसम्पादन मूल्यांकन गरेको थियो ।

आयोगले १८ फागुनमा कार्य सम्पादन मूल्याङ्कन सार्वजनिक गर्दै तथ्याङ्क र प्राप्ताङ्कमा परिमार्जन गर्न परे ठोस प्रमाणसहित ७ दिन भित्र कार्यविधि बमोजिम पुनरावलोकनका लागि पत्र पठाउन स्थानीय तहहरुलाई परिपत्र गरेको छ ।

त्यस्तै मकवानपुरगढी गाउँपालिकाले ६५.०७, बकैयाले ६१.८८, राक्सिराङले ६०, कैलाशले ५६.९९, भिमफेदीले ५६.४५, बागमतीले ५३.१७, इन्द्रसरोवर गाउँपालिकाले ५१.०२ र हेटौंडा उपमहानगरपालिकाले ४५.७३ मूल्याङ्कन अंक पाएको छ ।

आयोगले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४ बमोजिम वार्षिक रुपमा मुल्याङ्कन गर्ने गर्दछ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here