मनहरी–फागुन २१ गते । अपाङ्ग स्वावलम्वन जीवन पद्धती केन्द्र मकवानपुरले १४ औ अन्तराष्ट्रिय ह्वील चियर दिवस शनिबार मनाएको छ ।

शनिबार दिउँसो इलाका प्रहरी कार्यालय मनहरीको चौतारामा मनाएको हो । अपाङ्ता भएका व्यक्तिहरुका लागि सार्वजनिक यातायातमा पहुँचको लागि शान्तीपुर्ण र्यालीको नारा सहित ह्वील चियर दिवस मनाएको हो ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै उक्त संस्थाका सचिव देबी घलानले यातायातको क्षेत्रमा अपाङ्गता भएको व्यक्तिहरुको लागि हेर्ने नजर अझर राम्रो हुन नसकेको दुखेसो व्यक्त गर्नुभयो ।

सार्वजनिक यातायातमा यात्रा गर्दा अपाङ्गता भएका व्यक्ति देखे गाडी नै नरोक्ने र रोकिहाले सरकारले तोकेको भाडामा ५० प्रतिशत छुट दिन नमान्ने र ह्वीलचियरको समेत भाडा लिने भन्दै स्थानीय सरकार र सुरक्षा निकायलाई ध्यानाकर्षण समेत गराउनुभयो ।

त्यस्तै कार्यक्रममा बोल्दै मनहरी गाउँपालिका वडा नम्बर ७ का वडा सदस्य शेखर बर्तौलाले अपाङ्गता भएका व्यक्तिहरुको हकहितको लागि आफु सदैव तत्पर रहेको बताउँदौ केही समस्या परेमा वडामा आउन पनि आव्हान गर्नुभयो ।

त्यस्तै उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समितिका अध्यक्ष नारायण सुवेदीले नेपालमा अपाङ्गहरुको लागि कानुन त भएको तर कार्यान्वयन भने फितलो भएको उहाँले बताउनुभयो ।

त्यसका लागि सम्पुर्ण निकायहरु नै क्रियाशिल हुनुपर्ने जिकिर गर्नुभयो । कार्यक्रममा स्थानीयस्तरमा चल्ने अटो, हेटौडा नारायणगढ चल्ने बसहरु रोकी इलाका प्रहरी कार्यालयका सहि सहितको टोलीले पर्चा पम्प्लेट वितरण गर्दै अपाङ्गता भएका व्यक्तिहरुका लागि अपाङ्ग सिट र ५० प्रतिशत भाडामा छुट गर्न समेत आव्हान गरेको थियो ।

कार्यक्रम संस्थाका अध्यक्ष दिल बहादुर स्याङ्बोको सभाध्यक्षतामा सम्पन्न भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here