हेटौँडाः फागुन १९ गते । बागमती प्रदेशसभाको बैठक यहि फागुन २९ गते बस्ने भएको छ । पटक पटक स्थगित गरिएको बैठक यही फागुन २९ गतेका लागि सभामुख सानु कुमार श्रेष्ठले बैठक आव्हान गर्नु भएको हो ।

बागमती प्रदेशसभाको वैठक दुई महिनादेखि बस्न नसकेकोमा बुधबार पुनः आव्हान भएको हो । प्रदेशसभा सचिवालयले बुधबार दिउँसो सूचना टाँसेर फागुन २९ गते दिउँसो १ बजेका लागि प्रदेशसभाको वैठक आव्हान गरेको हो ।

यसअघि फागुन १६ गतेका लागि बोलाइएको वैठक प्रदेशसभा सचिवालयले अनिश्चितकालका लागि स्थगित गरेको थियो ।

वाग्मती प्रदेशको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधसँगै पुस ८ गतेबाट प्रदेशसभाको वैठक स्थगित थियो ।

एमालेले सरकारसँग जवाफ माग्दै विभिन्न माग राखेर प्रदेशसभामा अवरोध सिर्जना गर्दै आइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here