राक्सिराङ–फागुन ६ गते । मकवानपुरबाट संचालित राक्सिराङ्ग खबर डटकमका संचालक एवम् कार्यकारी सम्पादक अशोक लामा घलानले नेपाली कांग्रेसको १४औं जिल्ला अधिवेशनमा पार्टीको जिल्ला सदस्यमा उम्मेदवार बन्ने हुनुभएको छ ।

विद्यार्थी जीवनदेखी नै राजनिति र सञ्चार जगतमा लाग्नुभएका २९ वर्षीय लामा आसन्न जिल्ला निर्वाचनमा भूगोल तर्फबाट जिल्ला सदस्यमा उम्मेदवारी बन्न लाग्नुभएको हो ।

२०६५–०६६ मा नेपाल विद्यार्थी संघमा आवद्ध हुनुभएका लामा तत्कालीन राक्सिराङ्ग गाविसमा २०७०–७१ मा नेपाल तरुण दलका अध्यक्ष भएर आफ्ना कार्य सम्पादन गरिसक्नुभएको छ ।

युवा जोसजागँरका साथ पार्टीमा योगदान गर्दै आउनुभएका लामा अहिले राक्सिराङ्ग खबर डटकमको संचालक एवम् कार्यकारी सम्पादकको रुपमा कार्यरत रहनुभएको छ ।

पार्टीको १४औं महाधिवेशनमा प्रत्यक्ष खुल्ला तर्फबाट क्षेत्रीय प्रतिनिधि बन्नुभएका युवा नेता लामा पार्टीमा सबल सक्षम र कुशल नेतृत्व चयन गरौं, कांग्रेस बनौ गुट र उपगुट बन्द गरौं भन्दै जिल्ला सदस्य पदमा आफ्नो उम्मेदवारी रहेको समाजिक संजालमार्फत घोषणा गर्नुभएको छ ।

साथै सामाजिक सेवामा समेत क्रियाशील रहनुभएका लामा राक्सिराङ्ग गाउँपालिका वडा नं. ४ निवासी हुनुहुन्छ । उहाँले सञ्चारको माध्यमबाट पार्टीले गरेका विभिन्न गतिविधिहरुलाई प्रचारप्रसार गरेर आफ्नो भूमिका निभाउदैं आइरहनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here