मनहरी–माघ १८ गते । मनहरी गाउँपालिकाले तामाङ समुदायको साँस्कृतिक पर्व सोनाम ल्होछारको अवसरमा २ दिन सार्वजनिक विदाको घोषणा गरेको छ ।

मनहरी गाउँपालिकका अध्यक्ष एकराज उप्रेतीले मंगलबार सुचना प्रकाशन गरी यहि माघ १९ र २० गते सर्वाजनिक विदा दिने जानकारी गराएको हो ।

मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले हस्ताक्षर गर्नुभएको विज्ञप्तीमा गाउँपालिकाभरका सरकारी तथा सार्वजनिका संघसस्थाहरुलाई विदा दिने निर्णय गरेको हो ।

त्यस्तै राक्सिराङ गाउँपालिकाले भने ल्होछारको अवसरमा तीन दिन सार्वजनिक बिदा दिएको छ । सोामबार एक सुचना जारी गर्दै गाउँपालिकाले २८५८ औ सोनाम ल्होछार पर्वको अवसरमा माघ १९ गतेदेखि २१ गते तीन दिन सार्वजनिक बिदाको घोषणा गरेको हो ।

तामाङ समुदायको बाहुल्यता रहेको राक्सिराङ गाउँपालिकामा बाघ वर्ष सोनाम ल्होछार १९ गते परेकोले तीन दिन विदा दिइएको हो । गाउँपालिकाको पूर्वनिर्धारित खोप अभियान कार्यक्रमहरु भने सञ्चालन हुने गाउँपालिकाले जनाएको छ ।

त्यस्तै कैलास गाउपालिकाले पनि २ दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । गाउँपालिकाको सोमबारको बैठकले १९ र २० गते का लागि सार्वजनिक बिदा दिने निर्णय गरेको गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत देवराज चौलागाईले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here