मनहरी–माघ १७ गते । मनहरी गाउँपालिकामा सोमबार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित मध्ये २ जना स्वास्थ्यकर्मी समेत रहेका छन् । यो संगै मनहरी गाउँपालिकामा स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २४ पुगेको छ ।

सोमबार २० जनाको एन्टिेजन परीक्षणमा ६ जना पुरुष र २ जना महिला गरी ८ जनामा कोरोना संक्रमण पुष्टि भएको मनहरी अस्पतालका ल्याब टेक्निसियन सुरेश रायले बताउनुभयो ।

सोमबार संक्रमण पुष्टि हुनेहरुमा वडा नम्बर ३ मा २ जना, वडा नम्बर ६ मा २ जना, वडा नम्बर ७ का ३ जना र वडा नम्बर ९ का १ जना रहेको टेक्निसियन रायले बताउनुभयो । आइतबार भने १० जनामा कोरोना संक्रमण भएको थियो ।

मनहरी गाउँपालिकामा सोमबार सम्म गरी ६९ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै सोमबार मनहरी गाउँपालिकामा २२ जनाले कोरोनालाई जितेका छन् । कोरोना संक्रमण पुष्टि भई होम आइसोलेसनमा रहेका २२ जना संक्रमण मुक्त भएका हुन् 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here