राक्सिराङ –माघ ०७ गते । राक्सिराङ गाउँपालिकामा खोप अभियानको पहिलो दिन ७१६ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । शुक्रबारबाट राक्सिराङ गाउँपालिकाले वडा नम्बर ९, ४, ५ र ८ मा ३ दिने खोप अभियान सञ्चालन गर्दै छ ।

जस अनुसार खोप अभियानको पहिलो दिन शुक्रबार ३४९ जना महिला र ३६७ जन पुरुष गरी ७१६ जनाले कोरोना विरुद्धको खोप लगाएको राक्सिराङ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विजय कापरीले बताउनुभयो । खोप अभियानमा पहिलो मात्रा नलगाउनेलाई पहिलो मात्रा र पहिलो मात्रा लगाउनेलाई दोस्रो मात्रा लगाइएको उहाँले बताउनुभयो ।

पहिलो दिन भएको खोप अभियानमा वडा नम्बर ९ मा ११८ जना महिला र ११७ जना पुरुष गरी २३५ जनाले खोप लगाएका छन् । त्यस्तै वडा नम्बर ४ मा ५४ जना महिला र ७७ जना पुरुष गरी १३१ जना, वडा नम्बर ५ मा ४७ जना महिला र ३९ जना पुरुष गरी ६ जना र वडा नम्बर ८ मा १३० जना महिला र १३४ जना पुरुष गरी २६ जनाले खोप लगाएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here